माइतीघरमा सहकारी पीडितद्वारा विरोध प्रदर्शन

काठमाडौँ, ११ साउन । सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन गरेका छन् । 

साना बचतकर्ता र ठुला बचतकर्तालाई सम्मानजनक र समान व्यवहार हुनुपर्ने भन्दै उनीहरूले सोमबार काठमाडौँको माइतीघर क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरूले ‘पीडितलाई न्याय दिइयोस्, सहकारी पीडितका समूहलाई फुटाउने षडयन्त्र नगरियोस्, छिटो न्याय दे’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । साना वा ठुला बचतकर्ता नभनी सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने र ऋणीहरूबाट असुलउपर गरेर भए पनि रकम उपलब्ध गराउनुपर्ने उनीहरूले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३