एक कैदीबन्दीको मृत्यु

झापा, ९ जेठ । जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ ।

पाँचथरको साविक नागी गाविस–९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका घिमिरेको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज बिहान ३ः४५ बजे उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

जिल्ला अदालत झापाको फैसलाअनुसार घिमिरेले आठ वर्ष आठ महिना एक दिन कैद सजाय भुक्तान गरिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीलाई सामान्य राजनीतिक नेता मात्रै नभई विचार निर्माण गर्ने नेताको रूपमा

मकवानपुर, ९ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मा प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्रको जग्गा सम्बन्धी विवादलाई तत्काल सुल्झाएर निर्माण

काठमाडौँ, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन हुने भएपछि खुशी लागेको

काठमाडौँ, ९ जेठ । नेकपा (एमाले)को सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा