अदालतको आदेशमा हामी चल्नुपर्छ, लडाइँ अझै जारी छ: सभापति लामिछाने

काठमाडौँ, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन हुने भएपछि खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

जिल्ला अदालत कास्कीले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन गरेपछि उनले खुशी लागेको प्रक्रिया दिएका हुन् । लामिछानेले कास्कीबाट निर्णय भए पनि लडाइँ अझै जारी रहेको पनि बताए । अन्य जिल्लाहरूमा आफूविरूका मुद्दाहरू अझै बाँकी रहेका उनको भनाइ थियो ।

सभापति लामिछानेले भने, ‘मैले आदेश पढ्न पाएको त छैन । अदालतकै आदेशमा हामी चल्नु पर्ने हुन्छ । म खुशी छु यसमा । लडाइँ त मेरो अझै पनि बाँकी छ । अन्य जिल्लाहरू पनि जानु पर्ने छ । एउटा जिल्लाबाट न भर्खर भएको हो । कास्कीबाट भएको थाहा पाएको छु । खुशी छु ।’

जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार जारी गरेको आदेशमा भनिएको छ, ‘निवेदन मनासिव देखिँदा सम्बन्धित मूल, थप र पूरक अभियोगपत्रहरूमा सहकारी ठगीको अभियोग दाबी कायम राखी अन्य  सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको अभियोग नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम संशोधन गरिदिएको छ ।’ अब कास्कीमा रवि लामिछानेमाथि सहकारी ठगीको अभियोग मात्र बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीलाई सामान्य राजनीतिक नेता मात्रै नभई विचार निर्माण गर्ने नेताको रूपमा

मकवानपुर, ९ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मा प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्रको जग्गा सम्बन्धी विवादलाई तत्काल सुल्झाएर निर्माण

काठमाडौँ, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन हुने भएपछि खुशी लागेको

काठमाडौँ, ९ जेठ । नेकपा (एमाले)को सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा