तिनाउ नदीमा डुबेर बेपत्ता एक युवक मृत फेला

काठमाडौँ, ८ जेठ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोला ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय युवक मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको सिद्धार्थनगर जिल्लाको नौगढ गाउँ निवासी अन्दाजी २२ वर्षीय सौरभ रस्तोगी मृत फेला परेका हुन् । 

उनी साथीहरूसँग घुम्न आएका बेला बुधबार साँझ करिब ६ः३० बजे ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

घटनापछि प्रहरी चौकी दोभानबाट प्रहरी टोली खटिएको थियो भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले रातभर खोजतलास गरेको थियो । प्रहरीका अनुसार आज घटनास्थलदेखि करिब ५० मिटर दक्षिणतर्फ तिनाउ नदीको ढुङ्गाको खोँचमा अड्किएको अवस्थामा रस्तोगीको शव फेला परेको हो ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ जेठ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोला ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय युवक मृत

काठमाडौँ, ८ जेठ । सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति

काठमाडौँ, ८ जेठ । बुद्ध एयरले दुई पर्यटकीय प्रमुख गन्तव्य चितवनको भरतपुरदेखि कास्कीको पोखरासम्म गर्दै आएको उडान बन्द गरेको छ ।

काठमाडौँ, ८ जेठ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित शेषमति सिद्धार्थ मोडेल स्कुल नजिकै किशोरलाई चक्कु प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई