शक्तिशाली र लोकप्रिय छु भन्दैमा जे पनि गर्न पाइन्न : सभापति थापा

काठमाडौँ, ८ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले शक्तिशाली र लोकप्रिय छु भन्दैमा जे मन लाग्यो त्यही गर्न नपाउने बताएका छन् । 

आज नेपाली कांग्रेसको नीति प्रशिक्षण तथा प्रतिष्ठानको कोशी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सङ्ख्यामा जति नै शक्तिशाली र लोकप्रिय भएपनि संविधान, कानुन ऐन र नियममा बाँधिनुपर्ने बताए।

उनले भने, ‘म शक्तिशाली छु, लोकप्रिय छु भन्दैमा जे पनि गर्न पाइन्न,’ ‘प्रधानमन्त्री संविधान, कानुन र नियमले बाँधिएको हुन्छ । त्यो नियममा उहाँ रहनुपर्छ ।’ 

थापाले सरकार संविधान र कानुनभन्दा बाहिर हिँडेमा कांग्रेस ज्युँदो रहेको बताए। ‘सरकार कानुनभन्दा विपरीत तरिकाले मसँग बहुमत छ भनेर हिँड्छ भने कांग्रेस ज्युँदो छ,’ ‘मन लाग्यो झोक चल्यो भन्दैमा बिहान बिहानै सुकुमबासी बस्तीमा डोजर लगाउन पाइँदैन,’ ‘ मन्त्रीलाई भेट्न मन लाग्यो भन्दैमा प्रहरी लगाएर व्यवसायीलाई उठाएर मन्त्रालयमा ल्याउन पाइँदैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काभ्रे, ९ साउन । धुलिखेलस्थित एक होटलमा स्पिकरको लाइन सट भएर करेन्ट लागेका कारण एक जनाको मृत्यु भएको छ ।

कैलाली, ९ साउन । गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका–२ घर भई हाल धनगढी

रोल्पा, ९ साउन । सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका छन्