परराष्ट्रमन्त्री खनाल र बेलायतकी मन्त्री मल्होत्राबीच भेटवार्ता

काठमाडौँ, ८ जेठ । नेपालको तीनदिने भ्रमणमा रहेकी बेलायतकी इन्डो–प्यासिफिक तथा समानतामन्त्री सीमा मल्होत्राले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छन् ।

आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयका भएको भेटवार्तामा दुवै पक्षले नेपाल–बेलायत सम्बन्धका विभिन्न पक्षहरूमा छलफल गर्नुका साथै सम्बन्धलाई अझ सुदृढ पार्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।

भेटवार्तामा लगानी, व्यापार, शिक्षा, पर्यटन, जलवायु परिवर्तन र डिजिटल प्रविधिका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

भेटमा परराष्ट्रमन्त्री खनालले दशकौँदेखि समाधान नभएका पूर्व ब्रिटिश गोर्खाहरूको चिन्ता र गुनासोहरूलाई चाँडोभन्दा चाँडो सम्बोधन मन्त्री मल्होत्रालाई अनुरोध गरेका थिए ।

जवाफमा मन्त्री मल्होत्राले पूर्व ब्रिटिश गोर्खाहरूको समस्या समाधान गर्न बेलायत सरकार सकारात्मक रहेको जनाएकी थिइन् । नेपालमा भ्रमणका क्रममा बेलायती मन्त्री मल्होत्राले केही मन्त्रीहरूसँग भेटवार्ता गर्ने र लुम्बिनी र कपिलवस्तुको भ्रमण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय

काठमाडौँ, २९ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, २९ असार । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न चारवटा समितिको बैठक आज बस्ने भएको छ ।  संसद्

काठमाडौँ, २९ असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । Exchange Rate