किशोरलाई चक्कु प्रहार गर्ने एकजना पक्राउ

काठमाडौँ, ८ जेठ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित शेषमति सिद्धार्थ मोडेल स्कुल नजिकै किशोरलाई चक्कु प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ घर भएर तारकेश्वर बस्ने १८ वर्षीय उज्ज्वल मगर छन् । वैशाख ४ मा आरोपी सहितका ४–५ जनाले खोटाङ घर भएका १९ वर्षीय नवराज गिरीलाई चक्कु प्रहार गरेको आरोप छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले आरोपीलाई बुधबार ललितपुरबाट पक्राउ गरेको हो । 

आरोपीविरुद्ध प्रहरी वृत्त बालाजुले ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । अन्य आक्रमणकारीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३