शंखमुल र बुद्धनगर क्षेत्रमा आज विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ, ८ जेठ । काठमाडौँ महानगरपालिकाको शंखमुल फिडर अन्तर्गतका क्षेत्रमा आज दिउँसो चार घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

शंखमुल फिडर अन्तर्गतका दोभान पुल, श्रीनगर, मार्ग, बागमती बुद्ध बिहार, शंखमुल पुल एरिया, रोजबड स्कुल, भृगु मार्ग र रुद्रमति मार्ग क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनामा आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने उल्लेख छ ।

प्राधिकरणका अनुसार हाल शंखमूल फिडर अन्तर्गतका क्षेत्रमा बिजुली वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् आपूर्ति बन्द हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ जेठ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोला ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय युवक मृत

काठमाडौँ, ८ जेठ । सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति

काठमाडौँ, ८ जेठ । बुद्ध एयरले दुई पर्यटकीय प्रमुख गन्तव्य चितवनको भरतपुरदेखि कास्कीको पोखरासम्म गर्दै आएको उडान बन्द गरेको छ ।

काठमाडौँ, ८ जेठ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित शेषमति सिद्धार्थ मोडेल स्कुल नजिकै किशोरलाई चक्कु प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई