गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक छ : राष्ट्रपति पौडेल

काठमाडौँ, ६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक र गहन भएको बताएका छन्।

आज सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुदघाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताका न्यूनतम आधारभूत आवश्यकता, तथा जनचाहना अनुरूप विकासका कार्यलाई तिव्रता दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्श अनुरूपका कार्यहरू सवल बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, “शान्ति, विकास र सुशासनको माध्यमबाट नै जनताको हित र चाहनासँगै संविधान र शासनप्रणालीले राखेको उद्देश्य पूरा हुन्छ । यसतर्फ तपाईँहरूले विशेष ध्यान दिनुहुनेछ भन्ने मैले आशा राखेको छु ।”

राष्ट्रपति पौडेलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै जनअपेक्षा अनुरूप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको महत्त्वपूर्ण दायित्व भएको बताए ।

उनले भने, “यसै सन्दर्भमा यो ग्रामीण क्षेत्रमा यस्तो आधुनिक तथा बहुउपयोगी सिटी हलको निर्माण हुनु निकै सराहनीय छ। यो परियोजना विकासमा तीनै तहको सरकारबीच हुने सहकार्यको राम्रो उदाहरण पनि हो ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जिम्मेवार बनाउन आफूहरूले कोसिस गरिरहेको प्रष्ट पारेका छन्

काठमाडौँ, ६ जेठ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गरी युवा शक्तिलाई देशभित्रै अवसर

काठमाडौँ, ६ जेठ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक लाख ४४ हजार ८०३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको

काठमाडौँ, ६ जेठ । नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले सरकारले सुकुम्वासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा