भक्तपुर शिक्षा तथा स्वास्थ्य क्षेत्रको हव : सांसद बस्नेत

भक्तपुर, ११ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर जिल्ला शिक्षा तथा स्वास्थ्य क्षेत्रको हवको रुपमा विकास हुने बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय पूनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाई मार्फत पूनःनिर्माण भएको महेन्द्रग्राम माध्यमिक विद्यालयको अत्याधुनिक सुविधासम्पन्न भौतिक पूर्वाधारको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद बस्नेतले चेतनालाई अवसरको रुपमा ल्याउँदै अधि बढ्नुपर्ने बताउनुभयो ।

भक्तपुरमा शिक्षा क्षेत्रमा व्यवस्थित, गुणस्तरिय र प्रभावकारी हुँदै गएको बताउँदै उहाँले शैक्षिक तथा अन्य आवसका भवनहरु पूनःनिर्माण गर्न सरकारले अभियान नै सञ्चालन गरेको बताउनुभयो ।

विश्वसम्पदा लगायतका भक्तपुरमा रहेका पुराना वस्तीहरुलाई व्यवस्थित प्रणालीमा लैजान पूनःनिर्माण प्राधिकरणसँग छलफल भइरहेको जानकारी गराउँदै पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरका चारवटै नगरपालिकामा रहेका सम्पदा वस्तीलाई संरक्षण गर्न ६ अर्व बरावरको रकम प्रस्ताव गरी काम अघि बढेको जानकारी गराउनुभयो ।

भक्तपुरमा तीन वटा नयाँ तथा व्यवस्थीत सहरको विकास हुने बताउँदै उहाँले अवको ७/८ वर्षमा चाँगुनारायण नगरपालिका नेपालको नमुना नगरपालिका हुने दावि समेत गर्नुभयो । उहाँले भक्तपुरमा राष्ट्रिय गौरवका रुपमा रहेका अन्तराष्ट्रिय रंगशाला, सुविधासम्पन्न सभागृह, प्राणी उद्यान, सुविधासम्पन्न वीर अस्पताल लगायतका गौरवपूर्ण योजनाहरु निर्माण प्रकृया अघि बढिसकेको जानकारी गराउँदै आगामी दिनमा भक्तपुर वक्तिमुनीको अध्यारो नभई समृद्ध, सुरक्षित तथा विकसित भक्तपुर बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भक्तपुरमा भएका खानेपानी, सडक, शिक्षा, स्वास्थ्यलगायतलाई व्यवस्थित गर्दै लैजाने बताउँदै खानेपानी तथा सिचाँइको समस्या समाधान गर्न भक्तपुरमा दुई ड्याम्पको निर्माण प्रकृया समेत अघि बढेको बताउनुभयो ।

सा.सद बस्नेतले दुई ड्याम निर्माण सम्पन्न भएपश्चान आम भक्तपुरका जनताले खानेपानीको हाहाकारबाट मुक्त हुने मात्र नभई आर्थिक, पर्यटकिय विकास तथा बैज्ञानिक कृषी प्रणालीको विकास समेत हुने बताउनुभयो ।

आफ्नो कार्यकालमा समृद्ध, आत्मनिर्भर, उज्यालो, समुन्नत, स्वच्छ भक्तपुर बनाउने बताउँदै उहाँले हनुमन्ते तथा अरनिको सफाइ अभियान नै त्यसको शुरुवात भएको जसका कारण भक्तपुरका जनप्रतिनिधि, राजनीतिक दल, विभिन्न संघसंस्था तथा स्थानीयवासीको गाउँ गाउँ र वस्ती वस्तीबाट जागरुक भई निरन्तर लागि परिरहेको बताउनुभयो ।

कोटेश्वर तथा भक्तपुरमा हुने सवारी जामलाई अन्त्य गर्न हुनमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण प्रकृया द्रुत गतिमा अघि बढिरहको बताउँदै उहाँले सडक विस्तार र विकास गर्न आगामी फागुन देखि नै सूर्यविनायकदेखि धुलिखेलसम्मको ६ लेनको सडक विस्तारको प्रक्रिया अघि बढ्ने समेत जानकारी गराउनुभयो ।

त्यस्तै उहाँले भक्तपुरमा सुकुम्वासीको समस्या तत्काल समाधान गरी भक्तपुरलाई सकुम्वासीमुक्त जिल्लाको रुपमा विकास गर्ने समेत प्रयास भइरहेको जानकारी गराउनुभयो ।

पाँच करोडको लागतमा निर्माण भएको उक्त सुविधासम्पन्न विद्यालयमा गोवर ग्यास, खेलमैदान, व्यवस्थित ट्वाइलेट, पुस्तकालय, कम्प्युटर ल्याव तथा प्लेग्रुपका बालबालिकालाई आवश्यक पर्ने समग्रीहरु समेत रहेको छ ।

कार्यक्रममा पूर्वप्रिन्सीपल तथा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, पूर्वशिक्षक निर्मल भट्टराइ लगायतलाई सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा