एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

काठमाडौँ, ६ जेठ । मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ ।

अन्नपूणं संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चलेंक, खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गर्न सुरु गरिएको जनाएको छ ।

मुस्ताङमा ड्रोन प्रविधिद्वारा चलचित्र, डकुमेन्ट्री फिल्म र चाडपर्वलगायत श्रव्यदृष्यहरु छायाङ्कन गरिने गरिएको भए पनि अन्नपूर्ण संरक्षण आयोजनाले पहिलो एआई प्रविधिको ड्रोन क्यामेरा वन गस्ती गर्ने कार्यमा प्रयोगमा ल्याएको हो । यहाँको कठिन भूगोल र यहाँका उच्चस्थानका न्यून मानव वस्ती रहेका स्थानमा वन अनुगमन गर्नका लागि पहिलो पटक एआई ड्रोन प्रविधि प्रयोगमा ल्याइएको हो ।

एक्याप संरक्षित वन तथा वनपैदावारको संरक्षण तथा वन्यजन्तुको चोरी शिकारीलगायत वन क्षेत्रहरुमा हुने विभिन्न प्रकारका अवाञ्छित गतिविधि नियन्त्रणका लागि उक्त प्रविधि प्रयोगमा ल्याइएको एक्याप जोमसोमका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीले जानकारी दिए ।

थकालीका अनुसार वारागुङ मुक्तिक्षेत्र–१ को लुप्रा लेंक र घरपझोङ गाउँपालिकाको भ्रप्सा र नमखुलेंक लगायतका स्थानमा गस्ती गर्ने कार्य भइसकेको छ । एक्याप जोमसोमले यार्सा गुम्बा टिप्ने सिजन चलिरहेको अवस्थामा एआई ड्रोन प्रविधिद्वारा छड्के अनुमगन गरिहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ जेठ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले पदभार ग्रहण गरेसँगै वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान २० दिनका

काठमाडौँ, ६ जेठ । नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्वअर्थमन्त्री कुन्दनराज काफ्लले पार्टी पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् । उनले

काठमाडौँ, ६ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले गैरआवासीय नेपाली नागरिकताको व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा सरकारभित्र छलफल भइरहेको जानकारी दिएका

काठमाडौँ, ५ जेठ । सरकारले चीन र स्विटजरल्यान्डबाट प्राप्त हुने दुईवटा अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा