प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीले आज पनि देखायो प्लेकार्ड

काठमाडौँ, ५ जेठ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ । 

बैठक सुरु भएलगत्तै सो पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन् । संसद्को कारबाही अगाडि बढिरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अङ्कित प्लेकार्डसहित उभिएर सदनको ध्यान आकर्षण गराएका थिए ।

उक्त दलले सोमवारको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो । लगातार दोस्रो दिन पनि संसद् बैठकमा सो पार्टीले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक साधारण सभाले भगबती चौधरीलाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको

काठमाडौँ, ५ जेठ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद निशा डाँगीले पाँच वर्षमा लागु औषध प्रयोग शून्य बनाउन

काठमाडौँ, ५ जेठ । मोरङ–२ बाट निर्वाचित सांसद कृष्णकुमार कार्कीले विदेशी महिलालाई गर्भवती महिलालाई बनाएर अलपत्र पारेको विषय उठेको छ

सुर्खेत, ५ जेठ । कर्णालीका नेपाली कांग्रेसका सांसद तथा कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले एक जना सांसदले विवाह