किम्फ–२०२६ को २३औँ संस्करण घोषणा

काठमाडौँ, ५ जेठ । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २३औँ संस्करण २०२६ मे २७ देखि ३१ सम्म हुने भएको छ ।

ठमेलस्थित क्यूएफएक्स छाया सेन्टरमा आयोजना हुने महोत्सवमा २९ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन गरिनेछ । किम्फले नेपाली चलचित्रप्रेमी, चलचित्रकर्मी तथा आम दर्शकमाझ अन्तर्राष्ट्रियस्तरमा प्रशंसित फिचर, वृत्तचित्र, छोटा चलचित्र तथा साहसिक चलचित्रहरू प्रस्तुत गर्ने भएको छ ।

नेपाल पानोरमा खण्डमा समकालीन नेपालको कथा उजागर गर्ने स्थानीय प्रतिभाका चलचित्रहरू समावेश गरिएका किम्फले जनाएको छ । “यस वर्षको चलचित्र तथा कार्यक्रमहरूको सूचीले दर्शकलाई मनोरञ्जन दिनुका साथै नेपाली समाजलाई असर गर्ने समसामयिक विषयमा गम्भीर संवादका लागि प्रेरित गर्नेछ,” महोत्सव निर्देशक राम्यता लिम्बू भन्छिन् ।

महोत्सवको उद्घाटन भारतकी निर्देशक त्रिबेनी राईको पुरस्कारप्राप्त चलचित्र ‘सेप अफ मोमो’ (छोरा जस्तै) नेपाल प्रिमियरबाट हुनेछ । 

किम्फ २०२६ को अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा भारतकी अन्तर्राष्ट्रिय फिल्म प्रोग्रामर दीप्ति डी’कुन्हा, थाइल्यान्ड फिल्म अभिलेखालयकी निर्देशक चलिदा उअबुमरुङ्जित, नेपालका लेखक तथा कवि कुमार नगरकोटी तथा इटालीस्थित ‘सर्भिना सिने माउन्टेन फेस्टिभल’का निर्देशक लुकाबीच रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्

काठमाडौँ, ३० भदौ । न्यायपरिषद्ले उच्च अदालतमा तीनजना न्यायाधीशको नाम सिफारिस गरेको छ । न्यायपरिषद्ले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई न्यायाधीशको