जंगली च्याउ खाँदा एउटै परिवारका तीन बालबालिकाको मृत्यु

चितवन, ५ जेठ । इच्छाकामना गाउँपालिका–१, कुलबाङमा जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका एउटै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नौ वर्षीया नमुना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनीता चेपाङ रहेका छन् । राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार, यही जेठ १ गते घरमा नै नमुनाको मृत्यु भएको थियो । उपचारका क्रममा शनिबार सञ्जयको मृत्यु भएको थियो । भरतपुर अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान ६ बजे मृत्यु भएको उनले जानकारी दिए ।

गएको वैशाख २९ गते श्यामबहादुर चेपाङ परिवारका पाँचजनाले जंगलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए । गम्भीर अवस्थामा रहेका तीन बालबालिकालाई उपचारका निम्ति भरतपुर अस्पतालमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । २०८३ साल भदौ १ गते सोमबारको राशिफल ।   मेष : दिन राम्रो छ। पठनपाठनमा रुची

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । बजारमा अनारको भाउमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३