प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, ५ जेठ । बाँकेबाट नेपाल प्रहरीको विभिन्न चरणका परीक्षाहरूमा उत्तीर्ण गराई जागिर लगाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका वडा नम्बर १ गुराँसे बस्ने ३० वर्षका लक्ष्मण बिक रहेका छन् । उनले विभिन्न मितिमा मानिसहरूलाई प्रहरीमा भर्ना गराइदिने आश्वासन दिँदै रकम माग गरी ठगी गरेको प्रहरीले जनाएको छ ।

विकलाई गत इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका विकमाथि थप कानुनी कारबाहीका लागि सम्मानित बाँके जिल्ला अदालतबाट ठगी मुद्दामा पाँच दिनको म्याद थप अनुमति लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक साधारण सभाले भगबती चौधरीलाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको

काठमाडौँ, ५ जेठ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद निशा डाँगीले पाँच वर्षमा लागु औषध प्रयोग शून्य बनाउन

काठमाडौँ, ५ जेठ । मोरङ–२ बाट निर्वाचित सांसद कृष्णकुमार कार्कीले विदेशी महिलालाई गर्भवती महिलालाई बनाएर अलपत्र पारेको विषय उठेको छ

सुर्खेत, ५ जेठ । कर्णालीका नेपाली कांग्रेसका सांसद तथा कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले एक जना सांसदले विवाह