हुम्लामा विद्युत् सेवा अवरुद्ध

काठमाडौँ, ३ जेठ । हुम्ला सदरमुकाम सिमिकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ ।

विद्युत् सेवा अवरुद्ध भएपछि सिमिकोटसहित ती दुवै गाउँपालिका अन्धकारमय बनेका छन् । हेल्दुङ वितरण केन्द्रमा प्राविधिक समस्या देखिएपछि विद्युत् सेवा बन्द भएको छ । आयोजनाको मुख्य नियन्त्रण प्रणालीमा खराबी आएपछि यस वितरण केन्द्रबाट आपूर्ति हुँदै आएको सम्पूर्ण विद्युत् सेवा बन्द गरिएको वितरण केन्द्रका प्रमुख जितेन्द्र शाहले बताए ।

समस्याका कारण विद्युत् उत्पादन तथा आपूर्ति प्रणाली प्रभावित भएको हो । समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको र मर्मत कार्य सम्पन्न नभएसम्म विद्युत् सेवा सञ्चालन गर्न नसकिने अवस्था रहेको प्रमुख शाहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ जेठ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ

काठमाडौँ, ३ जेठ । पछिल्लो २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, ३ जेठ । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको

काठमाडौँ, ३ जेठ । हुम्ला सदरमुकाम सिमिकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि सिमिकोटसहित