मदन-आश्रितको रहस्यमय निधनले देशलाई अपूरणीय क्षति पुग्यो : माधव नेपाल

काठमाडौँ, ३ जेठ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

एक विज्ञप्ति जारी गर्दै नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका दुई प्रमुख व्यक्तित्वको रहस्यमय निधनले देशलाई अपूरणीय क्षति पुगेको स्मरण गरेका छन्।

जननेता मदन भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनको नवीन विचारक र सिद्धान्तकारका रूपमा चित्रण गर्दै उनले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज)ले नेपाली क्रान्तिलाई मौलिक दिशा दिएको उनले उल्लेख गरेका छन्। विश्वभर कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला भण्डारीले प्रतिपादन गरेको विचारले नेपालमा कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय र बलियो बनाएको उनको भनाइ छ। यस्तै, जीवराज आश्रितले पार्टीको विधि, पद्धति र संगठन निर्माणमा खेलेको भूमिकालाई पनि उनले विशेष स्मरण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ जेठ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ

काठमाडौँ, ३ जेठ । पछिल्लो २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, ३ जेठ । कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा

काठमाडौँ, ३ जेठ । हुम्ला सदरमुकाम सिमिकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि सिमिकोटसहित