विकासको जिम्मा जनप्रतिनिधिलाई, सानातिना कुरामा नअल्झी देश निर्माण : प्रम ओली

काठमाडौँ, १० पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले देश विकास तथा समृद्धिको जिम्मा जनप्रतिनिधिको काँधमा लगाइदिएकाले विकास निर्माणको कार्यमा सानातिना कुरामा अल्झीनु नहुने बताउनुभएको छ ।

राष्ट्रिय जनता पार्टीका नेतासँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले मधेशका समस्या समाधान गर्न आफू सकारात्मक रहेको बताउनुँदै मधेशको सामाजिक विकास, समृद्धि र त्यहाँका सबै प्रकारका समस्या समाधान गर्न म सकारात्मक रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले चार पार्टीलाई जनताको जनमतद्वारा राष्ट्रिय पार्टीको मान्यता दिएसँगै जनताले देश निर्माणको जिम्मा दिएकाले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कुनै पनि कुरालाई विगतको कुरा तथा कामको आधारमा सोच्नुभन्दा पनि आगामी दिनमा नयाँ ढंगले गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित