काठमाडौँ, १० पौष । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले हिउँदे अधिवेशनको पहिलो दिन नेताहरुले बोल्ने र राष्ट्रियसभाबाट प्राप्त विधेयक तथा कर्मचारी समायोजन अध्यादेश पेश हुने बताउनुभएको छ ।
संसदीय मामिला पत्रकार समूहका नवनिर्वाचित पदाधिकारीलाई मंगलबार सिंहदरबारमा रहेको आफ्नै कार्यकक्षमा बधाई तथा शुभकामना दिँदै सभामुख फागुन २० गतेसम्ममा संविधानसँग बाझिएका सबै ऐन संसोधन विधेयक पास भइसक्ने विश्वास लिएको बताउनुभयो ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेका ५५ विधेयक र १ खारेज गरी ५६ वटा विधेयक सचिवालयमा दर्ता भइसकेको उल्लेख गर्दै उहाँले संघीय संसदको यो अधिवेशन एजेण्डाविहीन नहुने दाबी गर्नुभयो ।






