१६ जना फरार प्रतिवादी पक्राउ

काठमाडौँ, २९ बैशाख । बारामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गर्न बाँकी रहेका १६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । 

जिल्ला अदालतबाट दण्ड सजाय तोकिएपछि फरार रहँदै आएका उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चेक अनादर, भैँसी चोरी, सवारी ज्यान, खोटा चलन, कुटपिट र सरकारी छाप दस्तखत किर्ते जस्ता मुद्दाका प्रतिवादीहरू रहेका छन् । पक्राउ परेका उनीरूलाई फैसला कार्यान्वयनका लागि बारा जिल्ला अदालतमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । ललितपुरमा हत्याको प्र्याङ्क भिडियो बनाएर झुट्टा अफवाह फैलाएको आरोपमा एक महिला पक्राउ परेकी छिन्।  जिल्ला प्रहरी

काठमाडौँ, १५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १५ असार । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ ।

काठमाडौँ, १५ असार । देशका विभिन्न भागमा मनसुनी वायुको प्रभाव बलियो बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ ।