जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण गर्न आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौँ, १५ असार । राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण गर्न आवश्यक रहेको बताएका छन् ।

आज २३औँ राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा सम्पूर्ण कृषकहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोक्न सके कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न र धान तथा चामलको आयात न्यूनीकरण गर्न सकिने उल्लेख गरे।

श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुन सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘जीवन धान्नका लागि मात्र कृषि पेसा होइन, अब व्यावसायिक कृषितर्फ लाग्न म सबैलाई आह्वान गर्दछु । यसका लागि सम्बन्धित निकायले त्यसतर्फ ध्यान देओस् भन्ने चाहन्छु।’ 

असार महिना मानो रोपेर मुरी फलाउने विशिष्ट समय भएको र नेपाली परिवेशको जीवनशैली प्रकृति र माटोसँग अत्यन्त निकट रहेको उनको भनाइ छ। हिलोसँग खेल्दै खेतभित्र धान रोप्ने र दही, चिउरा खाने चलनले यस दिनलाई अझ विशेष बनाउने उनले स्मरण गरे।

नेपालको धानखेती वर्षामा निर्भर रहेको र वर्षा राम्रो नभएको वर्ष उत्पादन घट्ने गरेको सन्दर्भ उठाउँदै राष्ट्रपति पौडेलले भने, ‘धानखेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुन जरुरी छ भन्ने म ठान्दछु।’ कृषिमा परनिर्भरता बढ्दै गएका कारण देशमै धानको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले विसं २०६१ देखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरु गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ साउन । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १ साउन । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा ल्याइएको छ ।काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लू

काठमाडौँ, १ साउन । साउन महिना सुरु भएसँगै देशभर हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । महिलाले हातमा मेहन्दी

काठमाडौँ, १ साउन । काठमाडौँको कपनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति करिब