कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काठमाडौँ, १५ असार । कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

जिल्लाका नौवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा भएपछि आइतबार जिल्लालाई घोषणा गरिएको हो ।

स्वास्थ्य सेवा व्यवस्थापक डा रत्नवीर सुनारका अनुसार जिल्लाभरका जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकाले नौवटा गर्भवतीका लागि एक र किशोरीका लागि एक गरी ११ वटा खोप पाएको सुनिश्चित गरिएपछि पूर्णखोप जिल्ला घोषणा गरिएको हो । 

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ जिल्लालाई कर्णाली प्रदेशको तेस्रो पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।

जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन खोप तालिकामा उल्लेखित खोप लगाइसक्नुपर्ने भए पनि कुनै कारणले छुटेका १६ देखि ५९ महिनाका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखामार्फत खोजी गरेर खोज र खोप अभियानमार्फत सबै खोपको मात्रा पूरा गरेपछि पूर्णखोप सुनिश्चित घोषणा गर्ने प्रावधान रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित