पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, २८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

नेकपा एमालेमा नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको अभियान चलिरहेका बेला आज गुण्डु पुगेकी भण्डारीले पत्थरीको शल्यक्रियापछि आराम गरिरहेका ओलीलाई निवासमै पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको बताइएको छ ।

एमालेमा सक्रिय हुन चाहे पनि ओलीका कारण सदस्यता स्थगनको अवस्थामा रहेका बेला भण्डारीले फेरि पनि एमालेको विकास र विस्तारमा आफ्नो क्षमता लगाउने घोषणा गर्दै आएकी छन् ।

एमालेमा पदाधिकारीहरुकै तहबाट ओलीलाई राजीनामा गराएर पार्टी पुनर्गठनको प्रयास भइरहेका बेला उनीहरुले भण्डारीसँग पनि पटकपटक छलफल गरेका छन् । आइतबार गुण्डुमा पछिल्लो अवस्थाका बारेमा पनि पूर्वराष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री ओलीबीच गम्भीर छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई

काठमाडौँ, १० असार । पछिल्लो २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, १० असार । नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोप चराको गणना

लन्डन, १० असार । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव