सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : नेता भट्ट

काठमाडौँ, १० असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार आफूमाथि केन्द्रित भएर पूर्वाग्रहपूर्ण ढङ्गले प्रस्तुत भएको निष्कर्ष निकालेको छ । 

मंगलबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकपछि उपमहासचिव लेखराज भट्टले सरकारका पछिल्ला गतिविधि एमाले लक्षित र अनुचित रहेको बताए।

बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई गैरकानुनी, प्रतिशोधपूर्ण र पूर्वाग्रही ठहर गरेको छ। सुर्खेतमा आयोजित पार्टीको एक कार्यक्रममा सहभागी पौडेललाई कार्यक्रमस्थलबाटै पक्राउ गरी काठमाडौँ ल्याइएको थियो। 

एमालेले जुन निकायको नामबाट पौडेललाई पक्राउ गरिएको हो, त्यो विषय उक्त निकायको कार्यक्षेत्रमै नपर्ने दाबी गरेको छ। सरकारलाई यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दिँदै एमालेले उपाध्यक्ष पौडेललाई नि:सर्त रिहा गर्न माग गरेको छ।

उनले भने, ‘उपाध्यक्ष विष्णुप्रसाद पौडेल काठमाडौँ आउने टिकट लिएर आउँदै हुनुहुन्थ्यो। तर, हिजो नै सुर्खेतमा उनलाई गिरफ्तार गरियो। जुन निकायले पक्राउ गर्‍यो, त्यसको कार्यक्षेत्रभित्र यो विषय पर्दैन भन्ने हाम्रो ठहर छ । त्यसैले यो प्रक्रिया कानुनसम्मत छैन।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा