‘कार्की साइँला’ असोज २ मा प्रदर्शन हुने

काठमाडौँ, १० असार । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ ।

निर्माण पक्षले बुधबार चलचित्रको एक आधिकारिक पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी असोज २ गते प्रदर्शन हुने जानकारी दिएको हो ।

यसअघि साउन १ गतेबाट प्रदर्शनमा आउने बताइएको चलचित्र सरेर असोजमा पुगेको हो । सार्वजनिक चलचित्रको नयाँ पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्य (मुन्नी)लाई रोमान्टिक अन्दाजमा प्रस्तुत गरिएको छ । पोस्टरमा देखिएको उनीहरूको प्रेमिल भावले चलचित्र प्रेमकथामा आधारित रहेको अनुमान लगाउन सकिन्छ ।

एक भरियाको जीवनी र सङ्घर्षको वरिपरि घुम्ने चलचित्रको छायाङ्कन पूर्वी नेपालका रमणीय स्थलहरू धनकुटा, सुनसरीको वराहक्षेत्र र चतरा लगायतका क्षेत्रमा गरिएको हो । राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको चलचित्रमा जितु र प्रियनाका साथै सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । काठमाडौँबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–९ गैरीगाउँ सुनखरी टोलस्थित एक

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर

काठमाडौँ, १९ असोज । धनुषामा एक विवाहित महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा