इरानले परमाणुस्थल निरीक्षण नगराए वार्ता रद्द गर्ने ट्रम्पको चेतावनी

एजेन्सी, १० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका परमाणुस्थल निरीक्षण गर्न नदिइए वार्ता बन्द गर्ने चेतावनी दिएका छन् । इरान पहिले नै यो शर्तमा सहमत भइसकेको भन्दै उनले इरानका परमाणु स्थलहरूको अन्तर्राष्ट्रिय निरीक्षण अनुमति दिनुपर्ने बताए ।

पेन्सिलभेनियामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘यदि उनीहरू यो कुराबाट पछि हटे भने म अहिले नै वार्ता रद्द गरिदिन्छु ।’

स्वीटजरल्याण्डमा हालै भएको अमेरिका र इरानका अधिकारीहरुबीचको वार्तामा अमेरिकाले इरानी तेल बिक्रीमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा ६० दिनका लागि हटाउने र १२ अर्ब डलर बराबरको कोष फुकुवा गर्ने सहमति भएको थियो । साथै इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई पुन: आफ्नो देशमा प्रवेश गर्न दिने सहमति भएको जनाइएको छ ।

यसबीचमा स्थायी युद्धविरामको प्रयासमा थप वार्ताहरु गर्ने सहमति पनि भएको थियो । ट्रम्पका अनुसार संयुक्त राष्ट्रसंघीय परमाणु निकाय आईएईएका अधिकारीहरू उचित समयमा इरान पुग्नेछन् र त्यहाँको परमाणु कार्यक्रमको निगरानी गर्नेछन् । यद्यपि उनले निरीक्षण कहिले सुरु हुन्छ भन्ने स्पष्ट जानकारी भने दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

लन्डन, १० असार । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव

चितवन, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीन जनाको उम्मेदवारी परेको छ

काठमाडौँ, ९ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यता डिजिटल्ली अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा नचिन्ने बताएका

सुर्खेत, ९ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल