चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौँ, २७ बैशाख । सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शनिबार साँझ सिन्धुलीको दुधौली नगरपालिका-४ पाखाभित्ता बस्ने वर्ष ७० को पूर्णबहादुर बुढाथोकीको चट्याङ लागेर मृत्यु भएको हो ।

मकै बारीमा घाँस काट्न गएका बुढाथोकी  बोल्न नसक्ने गरी ढलिरहेको अवस्थामा फेला परेका थिए ।

इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरी टोलीले घाइते अवस्थामा उद्धार गरी उपचारको लागि नगर अस्पताल सिर्थौली पठाएकोमा अस्पतालको चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरुको छिटोभन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा

काठमाडौँ, १५ असार । आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार

काठमाडौँ, १५ असार । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को

काठमाडौँ, १५ असार । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो समय कम्युनिस्ट पार्टीहरू बिच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने