लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ, २५ बैशाख । सुनसरीको इटहरी उपमहानगरपालिका–१९ स्थित ब्रम्हपुरबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी र गैसार सामुदायिक प्रहरी बिटबाट खटिएको टोलीले ब्रम्हपुरबाट ३८ वर्षीय चक्रबहादुर जिमीलाई शुक्रबार पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले २४ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ । जिमीको साथबाट को ३९ पा ३१२३ नम्बरको मोटरसाइकल, १९ हजार ९८० रुपैयाँ नगद र एकथान मोबाइल पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  बोर्डका

काठमाडौँ, १५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १५ असार । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १४ असार । आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार