काठमाडौँ, २५ बैशाख । भक्तपुरमा २५ लाख रुपैयाँ भन्दा बढीका गरगहना चोरी भएको छ ।
प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलमा डेरा गरी बस्ने सन्ध्या तामाङ, जगमाया फुयाल, जय तामाङ र आनन्द कुमारको कोठाबाट २५ लाख रुपैयाँ भन्दा बढीका गरगहना चोरी भएको हो ।
बिहीबार साँझ सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब २५ लाख ७७ हजार रूपैयाँबराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





