काठमाडौँ, २५ बैशाख । मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु भएको छ ।
तुइन खोलानजिकै गएको सुक्खा पहिरो हटाएपछि अवरुद्ध सडक सुचारु भएको हो ।
माथिबाट सुख्खा पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो हटाएपछि सवारी आवागमन सुरु भएको छ ।





