जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जना घाइते

काठमाडौँ, २४ बैशाख । सिन्धुलीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते हुनेहरूमा सिन्धुलीको फिक्कल गाउँपालिका–१ का ४५ वर्षीय योगबहादुर खत्री, सोही ठाउँका ६० वर्षीय लालबहादुर विक, ४० वर्षीय सोमबार नेपाली, ६० वर्षीय साने विक र सिन्धुलीकै तीनपाटन गाउँपालिका–१० का २१ वर्षीय श्याम दुराल छन् ।

दुधौली नगरपालिका–१ राँगे स्थित मदन भण्डारी राजमार्गमा म. प्र. ०३–००१ च ८२०२ नम्बरको पिकअप भ्यान दुर्घटना भएको थियो । उक्त भ्यान उदयपुरको गाईघाटतर्फ जाँदै थियो ।

भ्यान चालक २९ वर्षीय रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  बोर्डका

काठमाडौँ, १५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १५ असार । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १४ असार । आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार