बीपी राजमार्ग सञ्चालनमा

काठमाडौँ, २४ बैशाख । काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्ग पुनः सञ्चालनमा ल्याइएको छ ।

वर्षासँगै रोशी खोलामा बहाव बढेपछि यही वैशाख २१ गते अपराह्नदेखि बीपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको थियो ।

रोशी गाउँपालिका–७, घुमाउनेनजिक बाढीले बगाएको ‘डाइभर्सन’ मर्मत गरी बिहीबार (वैशाख २४) बिहानदेखि बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

“बीपी राजमार्गमा बगाएको डाइभर्सन मर्मत गरी हाललाई बाटो सुचारु गरिएको हुनाले लेन अनुशासन कायम गरी ट्राफिक नियम पालना गरी सावधानीपूर्वक यात्रा गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ,” प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  बोर्डका

काठमाडौँ, १५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १५ असार । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १४ असार । आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार