काठमाडौँ, २३ बैशाख । काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नम्बर–१० स्थित पोडेटोलमा खुकुरी प्रहारबाट युवकको हत्या भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ३ जना मिलेर खुकुरी प्रहार गर्दा गुल्मीको धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेको मृत्यु भएको हो ।
धारिलो हतियार प्रहारबाट घाइते भएका घिमिरेको उपचारको क्रममा देवढोका स्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो । खुकुरी प्रहारमा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





