पेस्तोल देखाएर लुट्न खोज्ने ३ जना पक्राउ

काठमाडौँ, २३ बैशाख । काठमाडौँको भेडासिंहस्थित चाँदी पसलमा पेस्तोल देखाएर लुट्न खोज्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार वैशाख १७ मा वविता रौनियारले सञ्चालन गरेको नैना एन्ड इशान ज्वेलरी पसलमा प्रवेश गरेर लुट्न खोज्नेहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन, विकेश राजवाहक र अरुण भुजेल छन् । हरिकृष्ण महर्जनलाई मङ्गलवार इमाडोलबाट पक्राउ गरिएको हो ।

राजवाहक र भुजेललाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । आरोपी अरुण भुजेलको साथबाट घटनास्थलमा लुट्न प्रयोग गरिएको पेस्तोल बरामद गरिएको छ । घटनामा संलग्न महर्जनले वारदातको समयमा लगाएको कपडा घटनास्थल नजिकै गल्लीमा छाडेर आफ्नो हुलिया परिवर्तन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  बोर्डका

काठमाडौँ, १५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १५ असार । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १४ असार । आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार