काठमाडौँ, २१ बैशाख । रूपन्देहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बुटबल उपमहानगरपालिका-१४ बिनायक टोलका ४ वर्षीय बालकको घर नजिकै रहेको पोखरीमा डुबेर आज बिहान मृत्यु भएको छ ।
डुबेर बेहोस भएका बालकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा बालकको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।





