तालिम गरिरहेका सशस्त्र जवानको मृत्यु

काठमाडौँ, २१ बैशाख । कैलालीमा सशस्त्र प्रहरीका प्रशिक्षार्थी जवानको मृत्यु भएको छ ।

सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालय बनबेहडामा तालिम गरिरहेका सशस्त्र प्रशिक्षार्थी जवान महेश महताको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

बडिमालिका जवान तालिम शिक्षालयकाअनुसार आइतबार राति साढे १ बजेतिर टाउको र छाती दुख्न थालेपछि महतालाई उपचारका लागि सशस्त्रको फिल्ड हस्पिटल अत्तरिया लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि तत्कालै अत्तरिया अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा बिहान साढे ४ बजे उनी बेहोस् भएको सशस्त्र प्रहरीको बडिमालिका शिक्षालयले जनाएको छ । चिकित्सकले सवा ५ बजेतिर मात्रै महतालाई मृत घोषणा गरेका थिए ।

दार्चुलाको नौगाड गाउँपालिका-१ घर भएका उनी फागुनदेखि सशस्त्र प्रहरीको बडिमालिका तालिम शिक्षालयमा प्रशिक्षार्थी जावनका रुपमा तालिम गरिरहेका थिए । स्वस्थ अवस्थामा महता एक्कासी बिरामी परेका सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  बोर्डका

काठमाडौँ, १५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १५ असार । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १४ असार । आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार