काठमाडौँ, १७ बैशाख । धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-३ विशालनगर बस्ने ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको हो । बिकलाई बुधबार साँझ आफ्नै घर अगाडि नल्काबाट पानी तान्ने मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेको थियो ।
गम्भीर अवस्थामा उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो तर अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको ह । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।






