निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण अझै बदलिन सकेन : अध्यक्ष ढकाल

काठमाडौँ, १७ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रप्रति राज्य र समाजले हेर्ने दृष्टिकोण अझै पूर्ण रूपमा परिवर्तन हुन नसकेको बताएका छन् ।

बुधबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पछिल्ला तीन वर्षमा निजी क्षेत्रका धेरै पुराना कानुनी तथा नीतिगत समस्याहरू समाधानतर्फ अघि बढेको भए पनि निजी क्षेत्रको योगदानलाई हेर्ने दृष्टिकोणमा अपेक्षित सुधार आउन नसकेको बताए । ढकालले निजी क्षेत्रलाई राष्ट्रको आर्थिक विकासको प्रमुख साझेदारका रूपमा हेर्न आवश्यक रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य अझ मजबुत हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामीले पुराना कानुन परिवर्तनका कुराहरू उठायौँ । सरकार र निजी क्षेत्रबीच पक्ष–प्रतिपक्षको रूपमा पनि आफ्ना तार्किक समस्याहरू राख्न सकिन्छ । तर अझै निजी क्षेत्रले गरेको योगदानलाई हेर्ने दृष्टिकोण जुन हुनुपर्ने हो, त्यो भएको छैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको छ

काठमाडौँ, १७ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रप्रति राज्य र समाजले हेर्ने दृष्टिकोण अझै पूर्ण रूपमा

काठमाडौँ, १७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको अध्यादेश बारे संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका छन् । सरकारले

काठमाडौँ, १७ बैशाख । संसदीय प्रक्रिया छलेर कानुन संशोधन गर्न सरकारले एकपछि अर्को अध्यादेश मार्फत ४० वटा भन्दा बढी कानून