सामाजिक समस्या समाधानका लागि सबैको सहयोग आवश्यक: मन्त्री बादी

काठमाडौँ, १७ बैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले बालविवाह अन्त्यका लागि त्यसका मूल कारण पहिचान गरी काम गर्नुपर्ने र लैङ्गिक रूपान्तरणमा ध्यान दिनुपर्ने बताएकी छन् ।

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा ‘बालिका दुलही होइनन् नेपाल (जिएनबी नेपाल)’ को ध्यानाकर्षण बुझ्दै मन्त्री बादीले बालविवाह अन्त्य जस्तो गम्भीर सामाजिक समस्या समाधानका लागि सरकारका कार्यक्रम र नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक रहेको बताइन् ।

जिएनबी नेपाल ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्य योजना, २०८२’ को प्रभावकारी कार्यान्वयनका लागि ध्यानाकर्षण पत्र बुझाएको थियो । उक्त संस्थाका अध्यक्ष प्रकाश खतिवडाको नेतृत्वको टोलीले विभिन्न सुझावसहितको सात बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।

ध्यानाकर्षण पत्रमा सन् २०३० सम्म नेपालमा बालविवाह अन्त्य गर्ने राष्ट्रिय प्रतिबद्धता पूरा गर्न राष्ट्रिय बाल अधिकार परिषद् तथा प्रदेश र स्थानीय बालअधिकार समितिहरूलाई नेतृत्वदायी, जबाफदेही र अनुगमनकारी भूमिकामा सक्रिय बनाउनुपर्ने, तथ्याङ्क प्रणाली सुदृढ गर्नुपर्ने, समयबद्ध कार्यतालिका र प्रगति सार्वजनिक गर्नुपर्ने, प्रदेश र स्थानीय तहमा बजेट सुनिश्चित गर्नुपर्ने तथा लैङ्गिक रूपान्तरणकारी दृष्टिकोणसहित बहु–क्षेत्रीय सहकार्य विस्तार गर्नुपर्नेलगायत सात बुँदे सुझाव उल्लेख छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको छ

काठमाडौँ, १७ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रप्रति राज्य र समाजले हेर्ने दृष्टिकोण अझै पूर्ण रूपमा

काठमाडौँ, १७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको अध्यादेश बारे संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका छन् । सरकारले

काठमाडौँ, १७ बैशाख । संसदीय प्रक्रिया छलेर कानुन संशोधन गर्न सरकारले एकपछि अर्को अध्यादेश मार्फत ४० वटा भन्दा बढी कानून