काठमाडौँ, १६ बैशाख । वृद्धा महिलाले गलामा लगाएका सिक्री, कानमा लगाएका गरगहना थुत्दै मोटरसाइकलमा फरार हुने समूहका थप दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विजय तामाङ र सुमन तामाङ रहेका छन् । दुवै जनालाई काठमाडौँ उपत्यका अपराधन अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरी प्रहरी वृत्त थानकोटलाई बुझाएको हो । उनीहरू पक्राउ परेसँगै यो समूहका ६ सदस्य पक्राउ परेका छन् ।
यसअघि नुवाकोट ककनी गाउँपालिका–३ का २६ वर्षीय बिमल तामाङ, २१ वर्षीय सविन तामाङ, २१ वर्षीय सुजन तामाङ र नुवाकोटकै बिदुर नगरपालिका–१ का ४४ वर्षीय सतिश अमात्य पक्राउ परेका थिए ।
कोठा भाडामा खोज्ने निहुँमा गरगहना लगाएका वृद्धा महिलाको रेकी गर्ने र लुटेर हिँड्ने प्रवृत्ति गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।







