काठमाडौँ, १६ बैशाख । तीन जना चढेको स्कुटर दुर्घटना हुँदा बुटवलमा दुईको मृत्यु भएको छ ।
पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगरकी १८ वर्षीया पूर्णीमा मगरको मृत्यु भएको हो ।
मंगलबार साँझ ७ बजेतिर भएको दुर्घटनामा घाइते दुवै युवतीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बुटवल वडा नं १३ मा पर्ने भ्यूटावर नजिकको ओरालोमा स्कुटर सडकबाट ३० मिटर तल खसेको थियो । दुर्घटनामा स्कुटर चालक बाणगंगा ७, बनगाईका सोमन श्रेष्ठ सख्त घाइते भएको छ ।
नुवाकोटबाट फर्कने क्रमममा ओभरलोडका कारण नियन्त्रण गर्न नसकी स्कुटर दुर्घटना भएको हो । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







