फरार कैदी पक्राउ

काठमाडौँ, १६ बैशाख । फरार कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका तिलोत्तमा नगरपालिका–१५, सखुवानीबाट २६ वर्षीय अजय थारुलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

थारु गत भदौ २४ गते कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौँमा भएको तोडफोड तथा आगजनीका क्रममा फरार भएका थिए । पक्राउ परेका थारुलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागारमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’को असोज २ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले

काठमाडौँ, १५ बैशाख । चलचित्र ‘बा : एक योद्धा’ आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले

काठमाडौँ, १४ बैशाख । विराज भट्ट र सुशील श्रेष्ठ स्टारर एक्सन ड्रामा ‘राम नाम सत्य’ले देशब्यापी ३ करोड ३१ लाख

काठमाडौँ, १४ बैशाख । अभिनेता दीपकराज गिरी र दीपाको  आगामी फिल्म ‘छ माया छपक्कै २’ को छायांकन आजदेखि सुरु भएको छ