आजको मौसम

काठमाडौँ, १६ बैशाख । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ । 

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लाग्ने र तराई भूभागमा साधरणतया बादल लाग्नेछ। 

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। 

कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’को असोज २ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले

काठमाडौँ, १५ बैशाख । चलचित्र ‘बा : एक योद्धा’ आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले

काठमाडौँ, १४ बैशाख । विराज भट्ट र सुशील श्रेष्ठ स्टारर एक्सन ड्रामा ‘राम नाम सत्य’ले देशब्यापी ३ करोड ३१ लाख

काठमाडौँ, १४ बैशाख । अभिनेता दीपकराज गिरी र दीपाको  आगामी फिल्म ‘छ माया छपक्कै २’ को छायांकन आजदेखि सुरु भएको छ