कपिलवस्तु, १३ बैशाख । पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
हुलाकी सडकखण्डअन्तर्गत गएराति भएको सवारी दुर्घटनामा थप तीनजना घाइते भएका छन् । बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको स्कार्पियो अनियन्त्रित भई कपिलवस्तु नगरपालिका–१२, पिप्ररहवामा सडक किनारामा रोकिराखिएको लु १ ख ९५४९ नम्बरको ट्रकमा भारतबाट आएको यूपी ३२ सीए ८३४३ नम्बरको स्कार्पियो ठोक्किएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
मृत्यु हुनेहरूमा महाराजगञ्ज नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ निवासी ५५ वर्षीया चिन्नी कुर्मी छन् ।
घाइते हुनेमा महाराजगञ्ज–११ का ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज नगरपालिका–१० का २८ वर्षीय मोतिलाल कुर्मी र शिवराज–११ का २० वर्षीय सुरेश कुर्मी रहेका छन् । उनीहरूको उपचार भइरहेको बताइएको छ ।






