दादुरा संक्रमण नियन्त्रणमा

काठमाडौँ, ९ बैशाख । बागलुङमा गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९ मा फैलिएको दादुरा संक्रमण नियन्त्रणमा आउन थालेको छ ।

विश्व स्वास्थ्य संगठन, प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरी खोप अभियान चलाएको थियो । फागुन २९ देखि चैत २ गतेसम्म यस क्षेत्रका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएपछि संक्रमण नियन्त्रणम आउन थालेको हो । 

खोप लगाउनुपूर्व दैनिक १० देखि १५ जना दादुराका शंकास्पद बिरामी अस्पतालमा आउने गरेका थिए । पछिल्लो आठ दिनपछि मंगलबार निसीखोला गाउँपालिकाको एकजना शंकास्पद बिरामी बुर्तिबाङ अस्पतालमा भर्ना भएको छ । हालसम्म २३९ जना शंकास्पद बिरामी परेका थिए । ३४ जना शंकास्पद बिरामीको नमुना परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा १४ जनामा दादुरा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित