दादुरा संक्रमण नियन्त्रणमा

काठमाडौँ, ९ बैशाख । बागलुङमा गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९ मा फैलिएको दादुरा संक्रमण नियन्त्रणमा आउन थालेको छ ।

विश्व स्वास्थ्य संगठन, प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरी खोप अभियान चलाएको थियो । फागुन २९ देखि चैत २ गतेसम्म यस क्षेत्रका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएपछि संक्रमण नियन्त्रणम आउन थालेको हो । 

खोप लगाउनुपूर्व दैनिक १० देखि १५ जना दादुराका शंकास्पद बिरामी अस्पतालमा आउने गरेका थिए । पछिल्लो आठ दिनपछि मंगलबार निसीखोला गाउँपालिकाको एकजना शंकास्पद बिरामी बुर्तिबाङ अस्पतालमा भर्ना भएको छ । हालसम्म २३९ जना शंकास्पद बिरामी परेका थिए । ३४ जना शंकास्पद बिरामीको नमुना परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा १४ जनामा दादुरा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोप चराको गणना

काठमाडौँ, १० असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

लन्डन, १० असार । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव

काठमाडौँ, १० असार । २०८३ साल असार १० गते बुधबार सन् २०२६ जुन २४ तारिख । जेठ शुक्ल पक्षको दशमी