नेताद्वारा अध्यक्षद्वयलाई पत्र : विवादित व्यक्तिलाई बर्खास्तको माग (ज्ञापन पत्रसहित)

काठमाडौँ, ८ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई पत्र लेख्दै भ्रष्ट नेतालाई वरखास्तिको माग गरेका छन् ।

नेकपाका ४३ केन्द्रीय सदस्यहरुले भ्रष्ट र विवादित छवी भएकाहरुको राजनीतिक नियुक्ति र मानपदवी खारेज गर्न माग गर्दै पार्टी नेतृत्वलाई ज्ञापन पत्र बुझाएका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले दिगम्बर झा र विवादित व्यक्तिहरुलाई यथाशीघ्र पदबाट बर्खास्त गर्न अनुरोध गरेका छन् ।

हेर्नुहोस् ज्ञापन पत्रको पूर्णपाठ

मिति : २०७५/०९/०७ 
कमरेड अध्यक्षद्वय
नेपाल कम्युनिष्ट पार्टी (नेकपा),
धुम्बाराही, काठमाडौं, नेपाल ।

विषय : भ्रष्ट वा विवादित छवी भएकाहरूको राजनीतिक नियुक्ति र मानपदवी तत्काल खारेज गरियोस् भन्ने बारे ।

कमरेड,
सयौं सहिद, हजारौं कार्यकर्ता र लाखौंलाख श्रमजीवी जनताको बलिदान र परिश्रमबाट अहिलेको अत्यधिक बहुमतसहितको कम्युनिष्ट सरकार गठन भएको हो भन्ने विषयमा दुईमत नहोला । यो सरकारले भ्रष्टाचारबारे शून्य सहनशीलताको नीति शुरुमै घोषणा गरेको हो । यसैगरी सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड के.पी.शर्मा ओलीले म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्नभन्नुभएको कुरा पनि आम जनमानसमा सञ्चारित भएकै छ । सरकारको भ्रष्टाचार विरोधी वचनवद्धताले तमाम कार्यकर्ता र नेपाली न्यायप्रेमी जनसमुदायमा आशा र भरोशा सञ्चार गरेकै हो । यसो हुँदाहुँदै पनि दिगम्बर झाजस्ता भ्रष्ट र विवादित छवीका मानिसहरुले राजनीतिक नियुक्ति पाउन सफल भए ।

यसैगरी सरकारको सिफारिसमा भ्रष्ट र विवादित छवी भएका मानिसहरु सम्माननीय राष्ट्रपति महोदयबाट विभुषित भए । यी र यस्ता कतिपय घटनाक्रम तथा काम-कारवाहीहरुले कम्युनिष्ट सरकारको गरिमा र लोकप्रियतामा गंभिर धक्का दिने हुँदा यसतर्फ पार्टी शीर्ष नेतृत्वको ध्यान जाओस् र यस कुरालाई जारी स्थाई कमिटीको बैठकमा छलफलको विषय बनाइयोस् । दिगम्बर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकाहरुलाई यथाशिघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीको तर्फबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस् भन्नेसमेत विनम्र अनुरोध गर्न चाहन्छौं ।

कमरेड,

हामीले अघिल्लो ज्ञापनपत्रमा ज्वलन्त राजनीतिक विषयका साथै भ्रष्टाचारका विरुद्धको अभियानमा पार्टी शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका थियौं ।

कमरेड,

देश लामोसमयदेखि संस्थागत भ्रष्टाचारको दलदलमा भासिएको कुरा कमरेडहरुमा अवगत नै छ । एनसेलजस्ता कम्पनीहरुले हाकाहाकी कर छलिरहेका छन् र सरकारलाई विगतदेखि नै असहयोग गरिरहेका छन् । यस्ता संस्थागत भ्रष्टाचारका घटनाहरुलाई क्रमशः छिमल्दै र कार्वाहीको दायरामा ल्याउँदै जानका लागि तत्कालैदेखि अभियान सञ्चालन गर्न आवश्यक छ । यसको शुरुवात राजनीतिक नियुक्ति पाएका भ्रष्ट छवीका मानिसहरुको नियुक्ति खारेजीबाट गरियोस् भन्ने अनुरोध गर्न चाहन्छौं ।

कमरेड,

हामी सशरीर उपस्थित हुनसक्नेले हस्ताक्षर गरेका छौं भने विभिन्न कारणले सशरीर उपस्थित हुन नसक्नेहरुले विद्युतीय माध्यमबाट पठाउनुभएको स्विकारोक्तिलाई आधार मानी नाम उल्लेख गरेका छौं ।

धन्यवाद !

विद्युतीय माध्यमबाट मेरो समर्थन छभनी समर्थन जनाउने केन्द्रीय सदस्य कमरेडहरुको नामावली

१.रामचन्द्र झा
२.विजय गुरुङ
३.यदुवंश झा
४.सत्रुघ्न महतो
५.निरज आचार्य
६.धर्मराज निरौला
७.विश्वनाथ प्याकुरेल
८.प्रेमलकुमार खनाल
९.सरला यादव
१०.सिता गिरी ओली
११.रामकुमार ज्ञवाली
१२.रविन कोइराला
१३.पी.एल.श्रेष्ठ
१४.रविन्द्र बैठा
१५.दिलु पन्त
१६.सुधिर शाह
१७.योगनारायण यादव
१८.मोहम्मद महफुज अन्सारी
१९.विरोध खतिवडा
२०.जयन्ती राई
२१.मेटमणी चौधरी
२२.गणेश पहाडी
२३.चुडामणी जंगली
२४.सुरेन्द्र मानन्धर 
२५.श्री प्रसाद शाह
२६.सुधिर शाह
२७.शेरबहादुर तामाङ
२८.तैयब हुसेन
२९.पशुपति चौलागाईं
३०.तुलबहादुर गुरुङ
३१. घनेन्द्र बस्नेत
३२.कृष्ण खनाल
३३.महेश्वर पाठक
३४.गोविन्दबिक्रम शाह
३५.श्रीमाया थकाली
३६.डा.वंशीधर मिश्र

उपस्थित भै हस्ताक्षर गर्ने केन्द्रीय सदस्य कमरेडहरु

३७.कृष्ण के.सी.
३८. ठाकुर गैरे 
३९.माधव अर्याल
४०. भाष्कर काफ्ले
४१.रामकुमारी झाँक्री
४२.जगन्नाथ खतिवडा
४३.डा.विजयकुमार पौडेल

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा