काठमाडौँ, ५ बैशाख । ‘गाँजाको तेल’सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
उनी शुक्रबार दिउँसो करिब १ बजे एयर इन्डियाको विमानमार्फत भारतको दिल्ली जान लागेका थिए । विमानस्थलमा उनको लगेज जाँच गर्दा ‘गाँजाको तेल’ फेला परेको हो ।
१.२५ लिटर क्षमताका पाँच बोतलमा ‘गाँजाको तेल’ फेला परेको थियो । त्योसँगै पक्राउ गरेर अमेरिकी नागरिक पेट्रोभलाई लागुऔषध नियन्त्रण ब्युरोको जिम्मा लगाइएको छ ।






