रेसुंगा विमानस्थल अब सातामा चारपटक हवाई उडान

काठमाडौँ, ५ बैशाख । गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा चारपटक हवाई उडान सञ्चालन गरिने भएको छ ।

नेपाल वायुसेवा निगमले काठमाडौँबाट गुल्मीका निम्ति आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो ।

यहाँ यसअघि आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो । निगमको आन्तरिक उडानतर्फ रहेका ट्विनअटर विमानको मर्मतसम्भारसँगै उडान तालिका थप गरिएको हो । निगमको उडान तालिका थप र भाडादर समेत वृद्धि भएको छ ।

नयाँ लागु गरिएको भाडादर अनुसार, काठमाडौँबाट रेसुंगाका निम्ति प्रतियात्री १० हजार ९०२ रुपैयाँ तोकिएको छ । रेसुंगाबाट काठमाडौंका निम्ति १० हजार ७०२ रुपैयाँ निर्धारण गरिएकोे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा चारपटक हवाई उडान सञ्चालन गरिने भएको छ । नेपाल वायुसेवा निगमले

काठमाडौँ, ५ बैशाख । कैलालीमा मरेको ब्रोइलर कुखुुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार

काठमाडौँ, ५ बैशाख । ‘गाँजाको तेल’सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६

काठमाडौँ, ५ बैशाख । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा उच्च वृद्धि भएको भन्दै मूल्य समायोजन गर्न आफ्ना