इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

काठमाडौँ, ५ बैशाख । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले वृद्धि भएको इन्धनको मूल्य फिर्ता लिन माग गरेको छ ।

आज काठमाडौँ पत्रकार सम्मेलन गर्दै महाअभियानका संयोजक दुर्गा प्रसाईंले एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन थाल्ने चेतावनी दिएका हुन् ।

उनले विद्यार्थी संगठन खारेज गर्ने आँट नगर्न सरकारलाई चेतावनी समेत दिए । उनले भने, ‘विद्यार्थी संगठन किन चाहिने रहेछ भन्दा आवाज उठाउन चाहिने रहेछ,’ ।

विगतमा दुई रुपैयाँ मूल्यवृद्धि हुँदासमेत आन्दोलन भएको स्मरण गर्दै उनले आज एक सय रुपैयाँ बढ्दासमेत कुनै विद्यार्थी संगठन नबोलेको आरोप लगाए  ।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी प्रतिपक्षी बनेर आवाज उठाउने अपेक्षा गरे पनि उपसभामुख लिएर सरकारमै सहभागी भएकोले सदन प्रतिपक्षविहीन बनेको उनले बताए । गरिब नागरिकमाथि सरकारले नै लुटपाट मच्चाउँदा समेत प्रतिपक्षी दल बोल्न नसकेकोले सदन प्रतिपक्षीबिहीन बनेको उनको आरोप थियो । 

निर्वाचनको परिणामपछि सबै दल संकटमा रहेको र केही दलहरू फुटको डिलमा रहेकोले उनीहरुले नागरिकको पक्षमा आवाज उठाउन नसकेको प्रसाईँको भनाइ छ ।  सरकारको विकास सामाजिक सञ्जालमा सीमित रहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा चारपटक हवाई उडान सञ्चालन गरिने भएको छ । नेपाल वायुसेवा निगमले

काठमाडौँ, ५ बैशाख । कैलालीमा मरेको ब्रोइलर कुखुुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार

काठमाडौँ, ५ बैशाख । ‘गाँजाको तेल’सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६

काठमाडौँ, ५ बैशाख । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा उच्च वृद्धि भएको भन्दै मूल्य समायोजन गर्न आफ्ना