मेटाले ८ हजार कर्मचारी कटौती गर्दै

काठमाडौँ, ५ बैशाख । फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले आगामी महिनासम्ममा आफ्ना करिब ८ हजार कर्मचारीहरूलाई कामबाट निकाल्ने तयारी गरेको छ ।

यो मेटाको कुल विश्वव्यापी कार्यशक्तिको करिब १० प्रतिशत भएको रोयटर्सको रिपोर्टमा उल्लेख छ । समाचार अनुसार, कर्मचारी कटौतीको पहिलो चरण मे २० देखि सुरु हुनेछ। कम्पनीले वर्षको दोस्रो भागमा थप कर्मचारी कटौती गर्ने योजना बनाएको छ । यद्यपि, त्यसको निश्चित मिति र सङ्ख्या भने अझै तय भइसकेको छैन।

कम्पनीका सीईओ मार्क जुकरबर्गले मेटालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्रित बनाउन र कार्यक्षमता बढाउन यो कदम चालेका हुन् । एआईको विकाससँगै धेरै कामहरू स्वचालित हुन थालेपछि कम्पनीले कम कर्मचारीबाट धेरै नतिजा निकाल्ने रणनीति अपनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले